साउन ८ नेपाल।
सेवा ग्राहकको अत्यधिक चापलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता र कार्ड वितरण सम्बन्धी सेवा समय बढाएको छ।
कार्यालयले २०८३ साउन ८ गते शुक्रबार सूचना जारी गर्दै अबदेखि यही साउन ११ गते सोमबार देखि सार्वजनिक विदाको दिन बाहेक हरेक दिन बिहान ८:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म सेवा सञ्चालन हुने जानकारी दिएको छ।
सूचनामा कार्यालयले राष्ट्रिय परिचयपत्रको फोटो खिचेपछि नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडका कारण हाल Approve हुन ढिलाई भइरहेको भन्दै क्रमशः Approve हुँदै जाने जनाएको छ। त्यसैले सेवाग्राहीलाई उक्त कामका लागि पटक-पटक कार्यालयमा धाईरहन नपर्न पनि अनुरोध गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रसाद भट्टराईद्वारा जारी सूचनामा सेवाग्राहीलाई सहजताका लागि यो व्यवस्था गरिएको उल्लेख छ।
सम्पर्क: फोन नं. ०३५-४२२१३३, इमेल: cdoudyapur@gmail.com

