साउन ६ नेपाल ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश संसदीय दलले बागमती प्रदेश सरकारबाट सहभागी मन्त्रीहरूले संयुक्त रूपमा राजीनामा दिएको जानकारी मुख्यमन्त्रीलाई गराएको छ ।

एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले मिति २०८३ साउन ६ गते बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्रीलाई पत्र लेख्दै नेपालको संविधानको धारा १६५ को उपधारा २ बमोजिम पार्टीको निर्णय र वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गरी राजीनामा दिइएको जनाएका छन् ।

पत्रमा आजैको मितिदेखि लागू हुने गरी सरकारमा सहभागी एमालेका मन्त्रीहरूले पदबाट संयुक्त राजीनामा दिएको उल्लेख छ । साथै उक्त राजीनामा स्वीकार गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अगाडि बढाइदिन अनुरोध गरिएको छ ।

संयुक्त राजीनामाको पत्र समेत साथै संलग्न गरिएको एमालेले जनाएको छ । बागमती प्रदेशमा एमालेको समर्थनमा सरकार गठन भएको थियो । मन्त्रीहरूको राजीनामासँगै प्रदेश सरकारको नेतृत्व र सत्ता समीकरणमा नयाँ परिस्थिति सिर्जना भएको छ ।