असार ३० नेपाल ।
सवारी चालक अनुमतिपत्र लाइसेन्स सम्बन्धी सबै सेवा फेरि अवरुद्ध भएको छ। केन्द्रिय सर्भरमा समस्या आएपछि कोशी प्रदेशका यातायात व्यवस्था कार्यालयहरूले लिखित परीक्षा, बायोमेट्रिकदेखि प्रयोगात्मक परीक्षासम्मका सेवा तत्कालका लागि स्थगन गरेका छन्।
कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय, इटहरी, सुनसरीले आज सूचना जारी गर्दै सेवा प्रवाहमा समस्या आएको जानकारी दिएको हो।
के-के सेवा बन्द भए?
यातायात व्यवस्था विभाग, काठमाडौंमा रहेको सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित EDLVRS को केन्द्रिय सर्भरमा समस्या आई Maintenance तथा Upgrading को काम भइरहेकोले निम्न सेवाहरू हाललाई स्थगन गरिएको छ:
१. लिखित परीक्षा
२. Biometric दर्ता
३. नविकरण
४. प्रयोगात्मक परीक्षा ट्रायल
५. अन्य सम्पूर्ण सेवा
सूचनामा स्मार्ट कार्ड वितरण भने यथावत सञ्चालन हुने उल्लेख छ।
कहिलेदेखि खुल्छ?
कार्यालयले उक्त प्रणालीमा सुधार भएपछि मात्र पुन: सेवाहरू सुचारु गरिने जनाएको छ। सुधार भएसँगै सबैलाई जानकारी गराइने पनि सूचनामा भनिएको छ।

