असार २९ नेपाल ।

मधेश प्रदेश सरकार, श्रम तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था कार्यालय सर्लाहीले केन्द्रिय सर्भर EDLVRS मा समस्या आएको भन्दै सवारी चालक अनुमति पत्र सम्बन्धी सम्पूर्ण सेवा अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गरेको छ।

कार्यालयले आज सूचना जारी गर्दै यातायात व्यवस्था विभाग, मिनभवन काठमाडौंबाट प्राप्त जानकारी अनुसार प्रणालीमा सुधारको काम भइरहेकोले सेवा रोकिएको जनाएको छ।

कुन कुन सेवा बन्द ?
सूचना अनुसार हाललाई निम्न सेवा स्थगित गरिएको छ:
१. नयाँ दर्ता
२. नवीकरण
३. थप वर्ग दर्ता
४. राजस्व भुक्तानी

कार्यालय प्रमुख राज किशोर साहले हस्ताक्षर गरेको सूचनामा यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कार्यालय क्षमाप्रार्थी रहेको पनि उल्लेख छ।