असार २९ नेपाल ।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जिल्लाको हरिवन नगरपालिका-३, डाबरबाट लागूऔषधसहित २ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मलंगवाले आज आइतबार जारी गरेको प्रेस विज्ञप्ति नं. १०८ अनुसार हरिवन न.पा.-३ डाबरी क्षेत्र लागूऔषध बिक्री-वितरण हुने हटस्पट भएको सूचनाका आधारमा विशेष अप्रेसन चलाइएको थियो।
के भयो त?
प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलको कमाण्डमा १ सय ७८ जना प्रहरी परिचालन गरेर उक्त क्षेत्रमा व्यापक रूपमा सर्च र सचेतना कार्यक्रम चलाइएको थियो।
सो क्रममा शंकास्पद घर र बारीमा खानतलासी गर्दा विभिन्न किसिमका लागूऔषध र शंकास्पद व्यक्तिहरू फेला परेका थिए।
पक्राउ पर्ने र बरामद सामान
प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरू:
१. कृष्ण प्रजा, २३ वर्ष, हरिवन न.पा.-३, सर्लाही
२. मनोज मुकान, २३ वर्ष, हरिवन न.पा.-३, सर्लाही
उनीहरूबाट बरामद भएको लागूऔषध:
१. ONEX – २६ बोतल
२. SPASMOP – १८ पाता, १४ ट्याब्लेट
३. Nitrazepam – १३ पाता, १३२ ट्याब्लेट
४. गाँजा – २०० ग्राम र कागजले बेरेको १४ प्याकेट, १८० ग्राम
५. ONEX – ३०० खाली बोतल
६० जनालाई सचेतना
प्रहरीले सोही स्थानमा भेला भएका करिब ६० जनालाई लागूऔषधको हानि र कानुनी प्रावधानबारे अन्तरक्रिया र छलफलसहित सचेतना कार्यक्रम पनि गरेको जनाएको छ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिनुभयो।

