असार २६, नेपाल ।
सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस)ले आर्थिक वर्ष २०८३/०८४ का लागि देशका ७७ वटै जिल्लामा स्थानीय समाचारदाता ९ स्ट्रिङ्गर आवश्यक परेको जनाउँदै आवेदन माग गरेको छ।
राससको केन्द्रीय कार्यालय, भद्रकालीले आज सूचना प्रकाशन गर्दै इच्छुक पत्रकारलाई सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अर्थात २०८३ असार मसान्तसम्म आवेदन दिन आग्रह गरेको छ।
कहाँ कति पद?
राससले काठमाडौं उपत्यकाबाहेक ७४ जिल्लामा १/१ जना स्थानीय समाचारदाता माग गरेको छ।
काठमाडौं उपत्यका भित्र:
१. काठमाडौं: स्थानीय समाचारदाता ६ जना, फोटो पत्रकार ४ जना
२. ललितपुर: स्थानीय समाचारदाता २ जना, फोटो पत्रकार १ जना
३. भक्तपुर: स्थानीय समाचारदाता १ जना, फोटो पत्रकार १ जना
७ वटै प्रदेश राजधानीका लागि:
विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, देउखुरी, वीरेन्द्रनगर र धनगढीमा पनि १/१ जना स्थानीय समाचारदाता र १/१ जना फोटो पत्रकार माग गरिएको छ।
आवश्यक योग्यता के के चाहियो?
राससले तोकेका योग्यताहरू यस प्रकार छन्:
१. शैक्षिक: प्रविणता प्रमाणपत्र तह १०+२ उत्तिर्ण गरी कम्तीमा ३ वर्ष पत्रकारिता गरेको। वा एसएलसी उत्तिर्ण गरी ५ वर्ष पत्रकारिता गरेको। वा स्नातक उत्तिर्ण गरी १ वर्ष पत्रकारिता अनुभव भएको।
२. अन्य: पत्रकारिता विषय पढेकालाई प्राथमिकता। मल्टिमिडियामा दख्खल भएकालाई प्राथमिकता। महिला, मधेशी, दलित, अल्पसङ्ख्यक र जनजातिलाई समावेशी सिद्धान्त अनुसार प्राथमिकता।
३. कुनै फौजदारी मुद्दामा सजाय नपाएको हुनुपर्ने।
कसरी आवेदन दिने?
आवेदन दिनेहरूले निम्न कागजात पेस गर्नुपर्नेछ:
१. कुन जिल्लाको लागि हो भनी खुलाएको निवेदन
२. नागरिकताको प्रतिलिपि
३. शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्र
४. व्यक्तिगत विवरण
नियुक्त भएका समाचारदाताको कार्य अवधि १ वर्षको हुनेछ। पारिश्रमिक राससले निर्धारण गरे बमोजिम हुनेछ।
तोकिएको समाचार संख्या नपुग्ने, आपराधिक सजाय हुने वा राससको नियम विपरीत काम गरेमा जुनसुकै बेला हटाउन सकिने सूचनामा उल्लेख छ।
थप जानकारीको लागि राससको इमेल rssrssadm@gmail.com वा फोन नं. ०१-५३६२७३४ मा सम्पर्क गर्न सकिन्छ।

