असार २३ नेपाल । भूमि व्यवस्था तथा अभिलेख विभागले घरजग्गा कारोबारको ईजाजतपत्र लिन बाँकी रहेका कम्पनी तथा संघसंस्थाहरुलाई असार मसान्तसम्म समय दिएको छ।

विभागले मिति २०८२/०७/१३ मा ३० दिने र मिति २०८२/०८/१३ मा थप १५ दिनको म्याद दिई गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशन गरेको थियो। सोही सूचनाको आधारमा अनलाइन मार्फत निवेदन माग गरिएको थियो।

सो अवधिमा निवेदन पेश गर्ने केही कम्पनीहरुले ईजाजतपत्र प्राप्त गरिसकेका छन्। तर केही कम्पनीहरुले हालसम्म प्रमाण कागजात पेश नगरेको र केहीले तोकिएको राजस्व समेत दाखिला नगरेको विभागले जनाएको छ।

के गर्नुपर्ने छ ?
विभागले जारी गरेको सूचनामा साविकमा अनलाइन निवेदन दिएका कम्पनी तथा संघसंस्थाहरुलाई विभागमा सम्पर्क राखी थप प्रमाण पेश गर्न भनिएको छ।
साथै मिति २०८३ असार मसान्तभित्र तोकिएको राजस्व रकम बैंकमा दाखिला गरी सक्कल भौचर पेश गर्न निर्देशन दिएको छ।

यो सूचना विभागको आधिकारिक वेबसाइट dolma.gov.np मा पनि राखिएको छ।

म्यादपछि के हुन्छ ?
सूचनामा तोकिएको म्याद भन्दा पछि प्राप्त हुने प्रमाण कागजात तथा राजस्वको विषयमा अर्को आदेश नभएसम्म कुनै कारबाही नहुने विभागले स्पष्ट पारेको छ।

घरजग्गा कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन ईजाजतपत्र अनिवार्य भएकाले सम्बन्धित सबैलाई तोकिएको समयभित्र प्रक्रिया पूरा गर्न विभागले अनुरोध गरेको छ।

Screenshot