असार २३ नेपाल । भुक्तानीको विषयलाई लिएर भएको घटनाक्रमपछि अवरुद्ध भएको आठविसकोट नगरपालिकाको सेवा प्रवाह सुचारु भएको छ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतमले बुधबार सूचना जारी गर्दै मिति २०८३ असार २२ गते भएको घटनाक्रमका कारण अवरुद्ध सेवा आजै मिति २०८३/०३/२३ बाट पूर्ण रूपमा सञ्चालनमा आएको जानकारी दिनुभएको छ।
के भएको थियो?
नगरपालिकाको पत्र अनुसार भुक्तानीको विषयलाई लिएर २२ गते कार्यालयमा केही घटना भएको थियो। त्यसपछि नगरको सेवा प्रवाह प्रभावित भएको थियो।
कसरी समाधान भयो?
पत्रमा उल्लेख भए अनुसार मिति २०८३/०३/२३ गते बिहान कार्यवाहक नगर प्रमुखको रोहवरमा कर्मचारी र जनप्रतिनिधिबीच छलफल भएको थियो। सोही छलफल र सहमतिपछि हिजोदेखि अवरुद्ध सेवा सुचारु गरिएको हो।
सेवाप्रवाह अवरुद्ध हुँदा सेवाग्राहीले बेहोर्नु परेको असुविधाप्रति नगरपालिकाको कर्मचारी परिवारले क्षमायाचना समेत गरेको छ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत गौतमले आजैको मितिबाट नगरपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवा सुचारु भएको व्यहोरा जानकारीका लागि अनुरोध गर्नुभएको छ। यो पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय, रुकुम पश्चिमलाई समेत पठाइएको छ।

