असार २१ नेपाल । राहदानी विभागले नयाँ प्रणालीमार्फत राहदानी जारी गर्न आवश्यक तयारी गरिसकेको र हालको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा जिल्ला/ईलाका प्रशासन कर्यालय तथा विदेशस्थित नेपाली नियोगहरूबाट प्रदान गरिने राहदानी सेवा र विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुन सक्ने भनी यस विभागले मिति २०८२ फागुन २८ गते सेवाग्राहीका नाममा सूचना जारी गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसै सन्दर्भमा विभागले यही २०८३ असार २९ गते (तद्‌नुसार १३ जुलाई २०२६) मा हालको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा लैजान लागेको र यसबाट देहायको अवस्था हुने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि परराष्ट्र मन्त्रालयले सवैमा अनुरोध गरेको गरिन्छ ।

क) जिल्ला/ईलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा मिति २०८३ असार २४ देखि २६ गते सम्म (तद्नुसार ८ देखि १० जुलाई २०२६ सम्म) ३ दिनसम्म बन्द हुनेछ ।

ख) त्यसैगरी, राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा मिति २०८३ असार २५ र २६ गते (तद्नुसार ९ र १० जुलाई २०२६) २ दिनसम्म बन्द हुनेछ ।

साथै, यही मिति २०८३ असार २९ गते (तद्नुसार १३ जुलाई २०२६) देखि नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रूपमा सुचारु हुने बेहोरा समेत जानकारीका लागि जानकारी दिएको छ।