असार १९ नेपाल । श्री सैनिक कल्याणकारी कोषको व्ययभारमा सञ्चालित विभिन्न निकायहरुको लागि आवश्यक पर्ने जनशक्ति खुल्ला प्रतिस्पर्धाद्वारा करार सेवामा पदपूर्तिको लागि मिति २०८३ असार १५ गते सञ्चालन भएको लिखित परीक्षामा उत्तिर्ण हुनु भएका श्री नेपाली सेना स्वास्थ्य विज्ञान महाविद्यालय, भण्डारखालको सहायक प्राध्यापक (Computer Science) पदका उम्मेदवारहरुको व्यवहारिक परीक्षा मिति २०८३ असार २३ गतेको ११०० वजे उक्त महाविद्यालयमा सञ्चालन हुने भनिएकोमा सो परीक्षा सोही मितिको १३०० वजे सञ्चालन गर्न मिलाईएको श्री सैनिक कल्याणकारी कोषले जनाएको छ।

