असार १८ नेपाल ।  १ . गाईको दूध भैसीको दूध
रङ हल्का पहेंलो/क्रिम रङ एकदमै सेतो, मोती जस्तो
बाक्लो पातलो हुन्छ एकदमै बाक्लो, गाढा हुन्छ
बोसो कम हुन्छ। माथि पातलो सरपु छालो बन्छ धेरै हुन्छ। माथि बाक्लो, पहेंलो सरपु बन्छ
सबैभन्दा सजिलो: एउटा सफा गिलासमा दूध राखेर फ्रिजमा 2 घण्टा राख्नुस्। भैसीको दूधमा माथि १-१.५ इन्च बाक्लो ‘मलाई’ जस्तो तह बस्छ। गाईकोमा पातलो मात्रै।

२. उमाल्दा – भाँडो चेक
क. गाईको दूध: चाँडै उम्लिन्छ र तल टाँसिने सम्भावना कम। उमालेपछि निलो/सेतो पानी जस्तो देखिन्छ।
ख. भैसीको दूध: ढिलो उम्लिन्छ, धेरै फुल्छ। तल टाँसिन्छ। उमालेपछि एकदमै गाढा र क्रिम जस्तो हुन्छ।

ग. पानीको चेक – सबैभन्दा भरपर्दो घरेलु उपाय
घ. एउटा पारदर्शी गिलासमा आधा पानी राख्नुस्।
ङ. चम्चाले 2 थोपा दूध त्यही पानीमा हालिदिनुस्।
च. भैसीको दूध: थोपा तल गइर सिधै बस्छ। छिटो घोलिँदैन किनकि बाक्लो छ।
छ. गाईको दूध: थोपा हाल्नासाथ पानीमा सेतो बादल जस्तो भएर छिटो घोलिन्छ।

५. दही बनाएर चेक
क. भैसीको दूधको दही: धेरै गाढा, बाक्लो र खट्टा कम हुन्छ। चम्चाले उल्ट्याए पनि खस्दैन।
ख. गाईको दूधको दही: पातलो, नरम र अलि खट्टा बढी हुन्छ। पानी पनि छोड्छ।

६. घिउ/मोहि चेक
भैसीको दूधबाट १ लिटरमा ५०-७० ग्राम घिउ निस्किन्छ। गाईकोबाट 20-35 ग्राम मात्रै। त्यसैले भैसीको दूध महँगो हुन्छ।

महत्वपूर्ण कुरा: १०० प्रतिसत मिलावट छुट्दैन
बजारको खुल्ला दूधमा पानी, धुलो, पाउडर मिसाएको हुन सक्छ। माथिका चेक ले ‘गाई कि भैसी’ मात्रै भन्छ। मिलावट छुटाउन किल्निकल चेक नै चाहिन्छ।

सजिलो ट्रीक यदि दूध एकदमै सेतो, बाक्लो र महँगो छ भने ९० प्रतिसत भैसीको हो। हल्का पहेंलो, पातलो र सस्तो छ भने गाईको हो।