८ मंसिर, काभ्रेपलाञ्चोक ।

प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा (१) को प्रदेशसभा सदस्यका लागि लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार लक्ष्मण लम्साल विजयी हुनुभएको छ । लम्साल नेकपा (एकीकृत समाजवादी) को तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

लम्सालले १९ हजार चार सय मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का कुमार खकुरेलले १९ हजार दुई सय २० मत प्राप्त गर्नुभएको छ । अघिल्लो प्रतिनिधिसभा चुनावमा लम्साल सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा विजयी हुनुभएको थियो ।