माघ १४ नेपाल ।

जल तथा मौसम विज्ञान विभागको मिति २०८२ माघ १३ को मौसम सम्बन्धी जानकारी अनुसार मिति २०८२ माघ १४ गतेदेखि केहि दिन वागमती प्रदेशका केहि स्थानहरूमा मध्यम बर्षा एवम् हल्का हिमपातको सम्भावना रहेको भनी सूचना जारी भए बमोजिम उल्लिखित अवधिमा रसुवा जिल्लाका उच्च हिमाली भू-भागमा हिमपात तथा अन्य भू-भागमा वर्षातको सम्भावना रहेकोले सम्भावित जोखिमको आंकलन गरी आवश्यक शर्तकता अपनाउनु जिल्ला प्रशासन कार्यलय रसुवाले अनुरोध गरेको छ।

पदयात्राका क्रममा रहनु भएका स्वदेशी एवम् विदेशी पर्यटकहरू सुरक्षित स्थानमा रहनुहुन एवम् अत्यावश्यक कामको सिलसिलमा यात्रा गर्नुहुने महानुभावहरूले मौसम तथा सडकमार्ग/पदमार्गको अवस्था बुझी स्थानीय प्रशासनको समन्वयमा मात्र यात्रा गर्नुहुन र चिसो अवधिभर जोखिमपूर्ण अवस्थामा रहनुहुने उमेर समूहका बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्ग एवम् सम्पूर्ण जिल्लावासीहरूमा न्यानो कपडा लगाउन, आवश्यक सूचना तथा जोखिम विश्लेषण पश्चात् मात्रै घर बाहिर निस्किनु हुन समेत जिल्ला प्रशासन कार्यलय रसुवाले आग्रह गरेको छ।

साथै, कुनै विपद्धन्य घटना घट्न गएमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको सुरक्षा निकाय तथा स्थानीय प्रशासनलाई याथाशीघ्र जानकारी गराउनु हुन समेत जिल्ला प्रशासन कार्यलय रसुवाले आज जारी गरेको सूचनामा उल्लेख रहेको छ।