माघ १४ नेपाल ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्का आंगिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा संचालित सेमेष्टर परीक्षा प्रणाली अन्तर्गतका डिप्लोमा/प्रमाणपत्र तहका ईन्जिनियरिङ्ग तर्फका सम्पूर्ण कार्यक्रमहरु, इन्फरमेशन टेक्नोलोजी, फूड एण्ड डेरी टेक्नोलोजी, सोसियल वर्क्स, होटल म्यानेजमेण्ट, कृषि (वाली र पशु विज्ञान) कार्यक्रमहरुको र प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम तर्फ यो सूचना प्रकाशित भएको मिति सम्म प्रथम वर्ष प्रथम खण्ड देखि तेश्रो बर्ष प्रथम खण्ड सम्म उत्तीर्ण भई तेश्रो वर्ष दोश्रो खण्डमा कुनै एक विषयको मात्र सैद्धान्तिक परीक्षा अनुत्तीर्ण भएका र बार्षिक परीक्षा प्रणाली तर्फका सम्पूर्ण कार्यक्रमहरुको र प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम समेतका लागि सूचना प्रकाशित भएको मितिसम्म प्रथम र दोश्रो वर्ष उत्तीर्ण भई तेश्रो बर्षको नियमित तर्फको नतिजामा कुनै एक विषय मात्र अनुत्तीर्ण भएका परीक्षार्थीहरुको लागि परीक्षा सम्वन्धी विनियमावली, २०७१ बमोजिम सैद्धान्तिक एक विषयको मौका परीक्षा २०८२ साल चैत्र महिनामा संचालन हुने भएको छ।
सम्बन्धित परीक्षार्थीहरुले २०८२ साल माघ २७ गते भित्र नियमित शुल्क र फागुन ५ गते भित्र बिलम्ब शुल्कमा सम्वन्धित शिक्षालयहरुमा परीक्षा आवेदन फाराम भरी बुझाउनु हुन सूचना प्रकाशित भएको छ ।

