माघ १२ नेपाल ।

अर्थ सरोकार युवट्युव च्यानल लगायतबाट झापा जिल्ला अर्जुनधारा नगरपालिका वडा नं. ११ घर भएका ईश्वरी प्रसाद संग्रौलाको छोरा नागरिक बचाउ महा-अभियान नेपालका ऋणी एसोसिएसनका केन्द्रीय संयोजक वर्ष ४४ का देवी प्रसाद संग्रौलाले बैङ्क तथा बितिय संस्थाहरूलाई लक्षित गरी सामाजिक सञ्जालहरूमा बैङ्कका कर्मचारीहरूलाई कुट्ने पिट्ने, भण्डारखाल जस्तो काण्ड मच्चाउनु पर्ने भन्ने जस्ता सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धका अभिव्यक्तिहरू दिएकोमा उक्त अभिव्यक्तिको सत्यता सम्बन्धमा ब्यूरोमा निजलाई उपस्थित गराई प्रारम्भिक सोधपुछ गर्दा कानुनी राज्यमा कानुनको उलंघन गरी बैङ्कका विरुद्धमा बोल्नु मेरो गल्ती हो, अबका दिनमा कानुनलाई शिरमा राखी सच्चिएर बोल्ने छु, अव आइन्दा समाज र राज्यलाई असर गर्ने अभिव्यक्ति दिने छैन, एक पटकको लागि नेपाल सरकारसँग क्षमा याचना चाहन्छु भनि लिखित कागज गर्नु भएकोले उक्त घटनाको अनुसन्धान भइरहेको नेपाल प्रहरी प्रधान कार्यलय साईवर ब्युरोले जनाएको छ ।

साथै सामाजिक सञ्जाल लगायत अन्य डिजिटल प्लेटफर्महरूमा कानुन विपरीतका अभिव्यक्ति दिने तथा श्रव्य दृश्य सामाग्रीहरू प्रसारित गर्ने उपर समेत ब्यूरोबाट निगरानी भइरहेको र त्यस्ता गतिविधिमा संलग्नता पुष्टि भएमा कानुन बमोजिम कारवाहि हुने व्यहोरा समेत साईबर ब्युरोले प्रेस बिज्ञप्ति जारी गरेर जनाएको छ।