माघ ११ नेपाल ।

निर्वाचन आयोगवाट स्वीकृत कार्यतालिका अनुसार संघीय संसद्, राष्ट्रिय सभा सदस्यमा रिक्त १८ पदका लागि संवत् २०८२ माघ ११ गते विहान ९:०० बजेदेखि अपरान्ह ३:०० वजेसम्म तोकिएको मतदान कार्यक्रम सम्बन्धित मतदान केन्द्रहरूमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

सम्बन्धित निर्वाचन अधिकृतका कार्यालयहरूबाट आयोगमा प्राप्त विवरण अनुसार सातै प्रदेशमा ९५.६८ प्रतिशत मतदान भएको समेत निर्वाचन आयोगले जनाएको छ।