माघ ९ नेपाल ।

नेपाली राजदूतावासले कोरियामा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई सहज र सरल रुपमा सेवाप्रवाह गर्ने उद्देश्यले विभिन्न समयमा विभिन्न ठाउँहरुमा राहदानी घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रम सञ्चालन गर्दै आइरहेको नेपाली राजदुतावास कोरियाले जानकारी दिएको छ।

सोही कार्यक्रमलाई निरन्तरता दिने क्रममा आउदो २०८२ फागुन ३ गते नेपाली राजदूतावासको आयोजना तथा किरात राई यायोक्खाको सहकार्यमा गजेदोमा राहदानी घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रम आयोजना गरिने नेपाली राजदुतावास कोरियाले सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरेको छ।

उक्त घुम्ती शिविरबाट राहदानी र कन्सुलर सेवा लिन प्रचलित कानुनले तोकेको शुल्क बाहेक अन्य कुनै पनि थप शुल्क नलाग्ने, अवैधानिक रुपमा कोरियामा बसोबास गर्दै आएका नेपालीहरुको हकमा तोकिएको स्थानबाट राहदानी नवीकरण नहुने समेत नेपाली राजदुतावास कोरियाले
जनाएको छ।

नवजात शिशुको हकमा राहदानी सेवा लिन जन्मदर्ता र राहदानीको अनलाईन आवेदन फारम भरी दूतावासमा आई सेवा लिनुपर्ने समेत नेपाली राजदुतावास कोरियाले जनाएको छ।