माघ ७ नेपाल ।

प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सुरक्षा व्यवस्थालाई मध्यनजर गरी व्यक्तिगत रुपमा राखिएका इजाजत पत्र प्राप्त हातहतियारहरु नजिकको प्रहरी कार्यालय वा प्रहरी इकाईमा लगत रहने गरी मिति २०८२ माघ २० गते भित्र बुझाउन सम्बन्धित सबैमा जानकारीका लागि जिल्ला प्रशासन कार्यलय काठमाडौंले सूचना प्रकाशन गरेको छ।

निर्वाचन सम्पन्न भएको एक महिना मिति २०८२ चैत्र २० पश्चात उक्त हातहतियारहरु लगत कट्टा गरी फिर्ता गरिने र सुचना वमोजिम हातहतियार नबुझाएको पाइए कानून बमोजिम कारवाही हुने व्यहोरा समेत जिल्ला प्रशासन कार्यलयले काठमाडौंले हातहतियार धनिहरुलाई चेतावनी दिएको छ ।