माघ ५ नेपाल ।
संवत् २०८२ साल माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगबाट निर्वाचन आचार संहिता, २०८२ स्वीकृत गरी फागुन २१ को चुनावको लागी निर्वाचन आचार संहिता, २०८२ सुरु भएको छ
निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ को उपदफा (१) तथा निर्वाचन आचार संहिता, २०८२ को दफा १ को उपदफा (२) वमोजिम संवत् २०८२ साल माघ ४ गते राति १२:०० बजेदेखि आयोगवाट अर्को सूचना प्रकाशन नभएसम्म व्यक्ति, संस्था, निकाय तथा अधिकारीहरूले निर्वाचन आचार संहिताको पालना र कार्यान्वयन गर्न/गराउन निर्वाचन आयोगले सूचना प्रकाशन गरेको छ।


