माघ ४ नेपाल ।
नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था वमोजिम काठमाडौँ महानगरपालिकाको नगर प्रमुख पदवाट मिति २०८२ माघ ४ गते देखि लागू हुने गरी स्वेच्छाले मेयर बालेन्द्र साहले राजीनामा दिएका छन् ।
उक्त पदमा रहँदा काठमाडौँ महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमान्दारीपूर्वक कार्य गर्ने प्रयास गरेको, अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास-यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दै मेयर बालेन्द्र साहले मेयर पद बाट राजिनामा दिएको घोषणा गरेका छन

