माघ ४ नेपाल ।
मिति २०८२ फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचन-२०८२ को लागि मिति २०८२ पुस २५ गतेदेखि मिति २०८२ माघ १ गतेसम्म जिल्ला प्रहरी कार्यालय संखुवासभा र सशस्त्र प्रहरी बल नेपाल नम्बर-४ गुल्म हे.क्वा. अरुण चैनपुर संखुवासभामा दरखास्त फारम दर्ता गराएका निर्वाचन प्रहरी उम्मेदवारहरुको खाँदबारी नगरपालिका वडा नम्वर ७ वेलफेयर डाँडा नजिकै रहेको खाँदबारी नगरपालिकाको खेल मैदानमा प्रारम्भिक स्वास्थ्य परिक्षण परीक्षा र शारीरिक तन्दुरुस्ती परीक्षा हुने भएको छ ।
उम्मेदवारहरुले तोकिएको कार्यालयहरुबाट उपलब्ध गराईएको प्रवेश पत्र र सक्कलै नागरिकता साथमा लिई परीक्षा शुरु हुनुभन्दा १ घण्टा अगावै खाँदबारी नगरपालिका वडा नम्वर-७वेलफेयर डाँडा नजिकै रहेको खाँदबारी नगरपालिकाको खेल मैदानमा उपस्थित हुन जिल्ला प्रहरी संखुवासभाले सूचना प्रकाशित गरेको छ ।
