माघ ४ नेपाल ।
आगामी २०८२ साल फागुन २१ गते हुन गईरहेको प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन प्रहरी भर्नाको लागि मिति २०८२ पुस २४ गते प्रकाशित बिज्ञापन अनुसार मिति २०८२ पुस २५ गते देखि मिति २०८२ माघ ३ गते सम्म निर्वाचन प्रहरीमा भर्नाको लागि जिल्ला प्रहरी कार्यालय झापा तथा सशख प्रहरी बल नेपाल नं. २ गण हेडक्वार्टर झापामा आवेदन दर्ता गराएका उम्मेद्धारहरुको संयुक्त छनोट गर्नको लागि निर्वाचन प्रहरी भर्ना सम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल) कार्यबिधि, २०८२ को परिच्छेद २ बमोजिम निर्वाचन प्रहरी भर्ना तथा छनौट सम्बन्धी पाठ्यक्रम अनुसार परिक्षा संचालन हुने झापा प्रहरीले जानकारी दिएको छ।
साथै उम्मेद्धारहरुले परिक्षा शुरु हुनु भन्दा १ घण्टा अगावै सम्बन्धित परिक्षा केन्द्रमा नागरिकताको प्रमाण पत्र सक्कलै र प्रबेश-पत्र अनिबार्य साथमा लिई सम्पर्क राख्नु पर्ने र तोकिएको समयमा सम्पर्क राख्न नआएमा परिक्षामा सहभागि नगराईने झापा प्रहरीले जनाएको छ।

