माघ ३ नेपाल ।
नेपाली महावाणिज्यदूतावास, दुबईले संयुक्त अरब ईमिरेट्सको उत्तर-पूर्वी भेगमा बस्ने नेपालीहरूलाई लक्षित गरी आगामी मिति २०८२ माघ १७ गते शनिबार राहदानी नवीकरण तथा वितरण, काजगात प्रमाणीकरण, श्रमिक गुनासो लगायतका अन्य कन्सुलर सेवा प्रदान गर्ने भएको छ ।

