माघ ३ नेपाल ।

देउवा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्‌काको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बसेर बैठकले बिभिन्न निर्णयहरू गरेको छ।

बैंककका निर्णयहरू:

१. नेपाली कांग्रेसका सम्बन्धमा निर्वाचन आयोगले मिति २०८२ साल माघ २ गते गरेको निर्णय नेपालको संविधान, प्रचलित कानून, राजनीतिक दलसँग जोडिएका कतिपय विवादहरूको निरुपण गर्दा निर्वाचन आयोगकै विगतका निर्णयहरूबाट स्थापित नजिरहरू, शेरबहादुर देउवा सभापति भएको नेपाली कांग्रेसबाट निरन्तर रूपमा गरिएका पार्टीको निर्णयसँग सम्बन्धित जानकारीमूलक पत्राचार र बुझाइएका प्रमाणहरूलाई वेवास्ता र नेपाली कांग्रेसको विधानको व्यवस्था विरुद्ध गरिएको छ । तथाकथित विशेष महाधिवेशनका नाममा गरिएको भेलाको औचित्य, वैधानिकता, उपस्थित संख्या समेत नहेरी एकलौटी रुपले गरिएको निर्णय दुषित मनसायले प्रेरित रहेको बैठकले ठहर गरेको छ । देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको विधिवत निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ढंगले परिवर्तन गरी नेपाली कांग्रेसलाई गम्भीर क्षति पुऱ्याउने मनसाय प्रष्ट रहेको बैठकले निर्णय गरेको छ। उक्त निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षडयन्त्रको एक अंश देउवा काङ्ग्रेसले भनेको छ। निर्वाचन आयोगको दुरासयपूर्ण निर्णयको कडा विरोध गर्दै बैठकले उक्त निर्णय विरुद्ध संवैधानिक एवं कानूनी उपचार तथा राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको काङ्ग्रेसले भनेको छ ।

२. २०८२ माघ २ गते निर्वाचन आयोगले नेपालको संविधान, प्रचलित कानून र नेपाली कांग्रेसको विधानको व्यवस्था विरुद्ध गरेको निर्णयका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा मामिला एवं अन्य कानूनी काम कार्वाही गर्नका लागि कार्यवाहक सभापति श्री पूर्णबहादुर खड्‌कालाई अख्तियारी प्रदान गर्ने काङ्ग्रेसल निर्णय गरेको छ ।