माघ १ नेपाल ।

´थारु, मगर लगायत विभिन्न समुदायहरूको महत्वपूर्ण पर्व माघे संक्रान्ति अर्थात् माघी-२०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु`।

´यस पर्वको अवसरमा विभिन्न नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआर्चना गर्ने र आ-आफ्नो समुदायको संस्कृति अनुसार तरुल, सेलरोटी, घिउ, सख्खर, तिलको लड्डु, खिचडी, ढिक्रीजस्ता परिकार सेवन गर्दै हर्षोल्लासपूर्वक मनाउने परम्परा रहिआएको छ।

थारु समुदायमा माघीलाई विशेष पर्व तथा नयाँ वर्षको रूपमा मनाइन्छ। यस दिनलाई घरसल्लाह गर्ने, लेनदेन नवीकरण गर्ने र समुदायको अगुवा चयन गर्ने महत्वपूर्ण दिनका रूपमा समेत लिइन्छ। त्यसैगरी मगर समुदायमा पनि माघे संक्रान्ति पर्व आफ्नै सांस्कृतिक मान्यता र विशेष महत्वका साथ मनाइने गरिन्छ`।

´नेपालका प्रत्येक जातजाति तथा धर्मावलम्बीहरूका आ-आफ्नै मौलिक सांस्कृतिक महत्व बोकेका चाडपर्वहरू रहेका छन्। यस्ता चाडपर्वहरूले आपसी एकता, सद्भाव र सामाजिक सहअस्तित्वलाई सुदृढ बनाउँदै आएका छन्। हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय तथा भाषिक विविधतालाई एक आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान निर्माण गर्न यी पर्वहरूको महत्वपूर्ण योगदान रहेको छ`।

´ नेपालीहरूले आफ्नै मौलिक पहिचानसहित मनाउने मकर संक्रान्ति अर्थात् माघी पर्वले यस वर्ष पनि नयाँ उमङ्ग, उत्साह र आशाका साथ आपसी एकता, सहकार्य, मित्रता र सहिष्णुतालाई अझ मजबुत बनाउने प्रेरणा प्रदान गरोस् भन्ने कामनासहित पुनः एकपटक माधी अर्थात् माघे
संक्रान्तिको हार्दिक शुभकामना` ।