पुस ३० नेपाल ।

विश्वविद्यलाय अनुदान आयोग अन्तर्गत सञ्चालित उच्च शिक्षामा विशिष्टताको प्रवर्द्धन कार्यक्रम अन्तर्गतका गुणस्तर अभिवृद्धि कार्यक्रसमा सहभागिताको लागि आयोगबाट गुणस्तर प्रत्यायनकृत भई योग्यता पूरा भएका उत्त्त्व शैक्षिक संस्थाहरु (विश्वविद्यालयका केन्द्रीय विभाग, आंगिक र सामुदायिक क्याम्पस) ले २०८२ फागुन १४ गतेसम्म कार्यालय समय भित्र आवश्यक कागजात सहित आयोगमा आवेदन पेश गर्नुहुन आयोगले सूचना जारी गरेको छ।

आवेदनका लागि योग्यता

सूचना प्रकाशन मिति भन्दा अगावै गुणस्तर प्रत्यायनकृत भईसकेको ।

आ.व. ०८२/८३ को अन्त्यसम्म प्रत्यायनको अवधि कायम रहेको ।

आ.व. ०७९/८०, ०८०/८१२०८१/८२ मा गुणस्तर अभिवृद्धि कार्यक्रममा सहभागि भई केही सूचकहरुमा अनुदान प्राप्त गरेका तर हाल प्रत्यायनको अवधि समाप्त भइसकेको संस्थाको हकमा आवेदन दिने अन्तिम मितिसम्म पुनः प्रत्यायनका लागि आयोगमा स्व-अध्ययन प्रतिवेदन पेश गरिसकेको हुनुपर्ने। यद्यपी उल्लेखित आर्थिक वर्षहरुमा आवेदन नदिएका संस्थाको हकमा यो व्यवस्था लागू नहुने आयोगले जनाएको छ ।

आवेदनका शर्तहरु:

NEHEP सम्बद्ध कार्यसञ्चालन निर्देशिका (Operations Manual) को परिच्छेद ५.२ मा भएको व्यवस्था अनुसार आवेदन पेश गर्दा निम्न शर्तहरु पूरा गरेको हुनुपर्नेछ :

क) सामान्य शर्त

स्नातकोत्तर तह सञ्चालनमा रहेका संस्थाहरुले विपयगत विधाहरु मध्ये १ देखि ३ सम्मका प्रत्येक विधाबाट कम्तिमा २ वटा सहित समग्रमा न्यूनतम ६ वटा सूचकहरुमा अनिवार्य रुपमा दावी पेश गरेको हुनुपर्ने ।

स्नातक तह मात्र सञ्चालनमा रहेका संस्थाहरुले विषयगत विधा २ बाट कम्तिमा १ वटा सहित समग्रमा न्यूनतम ६ वटा सूचकहरुमा

अनिवार्य रुपमा दात्री पेश गरेको हुनुपर्ने ।

ख) विशेष शर्त:

विषयगत विधा ४ बाट समेत दावी पेश भएको खण्डमा (दावी शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद् वा परिपद्‌ले तोकेको समितिवाट स्वीकृत भएमा मात्र मान्य हुने)

स्नातकोत्तर तह सञ्चालनमा रहेका संस्थाहरुले विपयगत विधा २ बाट कम्तिमा १ वटा सहित न्यूनतम ५ वटा अन्य सूचकहरुमा अनिवार्य रुपमा दाबी पेश गरेको हुनुपर्ने ।

स्नातक तह मात्र सञ्चालनमा रहेका संस्थाहरुले न्यूनतम ५ वटा अन्य सूचकहरुमा अनिवार्य रुपमा दाबी पेश गरेको हुनुपर्ने ।

छनौटका लागि शर्त:

गुणस्तर अभिवृद्धि कार्यक्रममा सहभागि हुने संस्थाहरुले कार्यक्रममा छनौट हुनलाई माथि आवेदनका शर्तहरुमा उल्लेख भए बमोजिमको न्यूनतम सूचकहरुमा अनिवार्य रुपमा योग्य हुनुपर्ने ।

कार्यसञ्चालन निर्देशिका (Operations Manual) र आवेदन प्रतिवेदनको डांचा आयोगको वेभसाईटमा उपलब्ध रहेको व्यहोरा जनाएको छ।