पुस २८ नेपाल

काठमाण्डौको द ब्रीटिस कलेजले हस्पिटालिटी विजनेश म्यानेजमेन्ट लगायतका शैक्षिक कार्यक्रमहरू अवैध रूपमा चलाइएको, अत्याधिक शुल्क असुलेको, फरक कोर्स पढाएको र भर्ना गरिएका विद्यार्थीहरू युएईमा अलपत्र पारिएको विषयमा उक्त कलेजमा अध्ययनरत विद्यार्थीहरु लामो समयदेखि आन्दोलनरत रहेका छन् । त्यसबारे संयुक्त विद्यार्थी संगठनहरूको तर्फबाट पटक-पटक सम्बन्धित निकायलाई समस्याको समाधान खोजेर पीडित विद्यार्थीहरूलाई न्याय दिन दबाब दिँदा पनि उल्टै राज्य संयन्त्रको मिलोमतोमा ब्रीटिश कलेजका संचालकले विद्यार्थीहरूमाथि धरपकड गर्ने र गिरफ्तार गर्ने कार्य भईरहेको छ । विद्यार्थीहरूले समस्या समाधानका लागि आवाज उठाउँदा कलेज प्रशासनले गुण्डाहरु परिचालन गरेर विद्यार्थीलाई धम्काउने, थर्काउने र पीडित विद्यार्थीलाई झुठो र बनावटी मुद्दामा हिरासत पठाउने जस्तो घृणास्पद गतिविधि चलाइरहेकोप्रति संयुक्त विद्यार्थी संगठनको तर्फबाट घोर भर्त्सना र कडा निन्दा गर्दछौं

कलेज प्रशासनले यस्ता हर्कतहरु अबिलम्ब बन्द नगरे संयुक्त विद्यार्थी संगठनहरुको तर्फबाट कडा प्रतिरोध गरिने चेतावनी दिन चाहन्छौं। पीडित विद्यार्थीहरूलाई यथाशीघ्र न्याय दिन र विद्यार्थीहरुमाथि ठगिधन्दा चलाउने ब्रीटिश कलेजको अनुमति रद्द गरि विद्यार्थी ठग्ने धन्धामा संलग्न सबैलाई यथाशीघ्र कडा कानुनी कार्वाही गर्न प्रहरी प्रशासन, शिक्षा मन्त्रालय लगायत सम्बन्धित निकायलाई जोडदार माग गर्दछौं । विद्यार्थीहरूको न्यायपूर्ण आवाजलाई वेवास्ता गरिए शिक्षा क्षेत्रमा लुटको धन्दा चलाउने ब्रीटिश कलेज विरुद्ध कडा भन्दा कडा संघर्ष गर्ने चेतावनी दिन चाहन्छौ ।