पुस २६ नेपाल ।
´आदरणीय महासमिति तथा महाधिवेशन प्रतिनिधि ज्यूहरु, अहिले नेपाली काँग्रेस इतिहासको अत्यन्तै कठिन अवस्थामा गुज्रिरहेको हामी सबैलाई अवगत नै छ । यस संगिन घडीमा पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक एकता पार्टीको आन्तरिक लोकतन्त्र र देशको समसामयिक राजनैतिक चुनौतीबारे महत्वपूर्ण निर्णय लिन नेपालको संविधान २०७२, राजनीतिक दल सम्बन्धि ऐन २०७३ र नेपाली काँग्रेसको विधान २०७८ (संसोधन सहित) को वैधानिक तथा कानुनी व्यवस्थाको अधिनमा रही नेपाली काँग्रेसका ५४.५८% महाधिवेशन प्रतिनिधिहरुले विधिवत ढंगले माग गरेको “विशेष महाधिवेशन” यहि मिति २०८२ पौष २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा हुन गईरहेको हामी सबैलाई अवगत नै छ` ।
´तसर्थ यस विशेष महाधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न देशै भरीवाट निर्वाचित सम्पूर्ण मुस्लिम महासमिति तथा महाधिवेशन प्रतिनिधि ज्यूहरुलाई उक्त दिन गरिमामय उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछौ` ।
´हामी सबैको साझा सहभागिताबाट मात्र नेपाली काँग्रेसलाई थप बलियो, विवश्वासिलो र जनप्रिय बनाउन सकिने छ । तसर्थ लोकतन्त्रको रक्षा, पार्टीको नविन रुपान्तरण तथा सुद्धढ भविष्यको लागि तपाई हामी सबैको यस ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा सक्रिय सहभागिताको लागि हार्दिक आह्वान गर्दछौ` ।

