पुस २४ नेपाल ।

सञ्चारकर्ममा जुटिरहेको अवस्थामा एसटीएस टेलिभिजनका पत्रकार उषाकिरण ज्योति र लक्ष्मण ढुङ्गाललाई ट्राफिक प्रहरी हवल्दार डेबिङ श्रेष्ठले दुर्व्यवहार गरेकोप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ ।

यही पुस २३ गते धनगढीको शहीद गेटस्थित ६ लेन सडकमा तीन जना सवार मोटरसाइकललाई चेकजाँच गरिरहेको भिडियो खिचेको भन्दै श्रेष्ठले ढुंङ्गालको मोवाइल नियन्त्रणमा लिएर फोटो मेटाउन खोज्दै दुर्व्यवहार गरेको महासंघ कैलाली शाखाले जनाएको छ ।

पत्रकारमाथि गरिएको दुर्व्यवहार अत्यन्त निन्दनीय र प्रेसविरोधी छ । महासंघले गलत कार्यमा संलग्नमाथि आवश्यक कारबाही गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग नेपाल पत्रकार महासंघले माग गरेको छ।