पुस २३ नेपाल।

नेपाल पुलिस स्कुलको बार्षिक कार्यतालिका बमोजिम मिति २०८२ पुस २४ गते बिहीबारदेखि मिति २०८२ माघ ५ गतेसम्म जाडो बिदा दिने बिद्यालयले जनाएको छ ।

साथै अभिभावकज्यूहरुले विद्यालयमा बुझाउनु पर्ने पौष मसान्तसम्मको सम्पूर्ण शैक्षिक शुल्क बुझाउन हुन समेत बिद्यालयले अनुरोध गरेको छ ।

मिति २०८२ पौष २३ गते बुधबार दिनको १५:२५ बजे देखि सम्पूर्ण विद्यार्थीहरुलाई बिदा छाड्ने र मिति २०८२ माघ ०५ गते सोमबार १६:०० बजेसम्म छात्रावासमा अध्ययनरत विद्यार्थीहरु अनिवार्य विद्यालय प्रवेश गर्नुपर्ने र मिति २०८२ माघ ०६ गते मंगलबारदेखि नियमित रुपमा पठनपाठन सुचारु हुने बिद्यालयले सूचना निकालेको छ ।