पुस २३ नेपाल ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्‌काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बसेर राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा छलफल गरेको छ।

उक्त बैठकले २०८२ साल माघ ११ गते आइतबारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले अन्य राजनीतिक दलहरुसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गरेको छ।
कार्यसम्पादन समितिको बैठक जारी छ ।