पुस २२ नेपाल ।

जनवरी ३ तारिख अमेरिकी सेनाले सार्वभौम अधिकार सम्पन्न तथा संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र भेनेजुएला माथि हवाई सैन्य आक्रमण गरेको छ र भेनेजुएलाका राष्ट्रपति निकोलस मुदुरो र उहाँकी धर्म पत्नी सिसिलिया फ्लोरेस सहित परिवारजनलाई अपहरण गरी अमानवीय हिसाबले अमेरिका लगेको खवर प्राप्त भएको छ ।

साम्राज्यवादी अमेरिकाले भेनेजुएलाका तेल लगायत प्राकृतिक श्रोत साधनमा कब्जा जमाउने कुत्सित उद्देश्यले त्यहाँ सैनिक हस्तक्षेप गर्ने काम गरेको छ। अमेरिकाको यस किसिमको क्रूर हस्तक्षेपबाट संयुक्त राष्ट्र संघको वडापत्र, पञ्चशीलको सिद्धान्त, अर्ताष्ट्रिय कानुन र मानव अधिकार विपरीत सार्वभौम देश माथिको ठाडो उलङ्घन र हस्तक्षेप भएको छ। अतः यस प्रकारको अमेरिकी सैन्य हस्तक्षेप र आक्रमणको घोर भत्र्सना गर्दछु । भेनेजुएलाका न्यायप्रेमी जनताले आफ्नो सार्वभौम देशको रक्षाकालागि गरिरहेको संघर्ष प्रति ऐक्यबद्धता प्रकट गर्दछु ।

साथै भेनेजुएला माथिको अमेरिकन सैन्य हस्तक्षेप र आक्रमण अविलम्ब बन्द गर्न, अपहरित राष्ट्रपतिको सकुशल रिहाई गर्न र भेनेजुएली जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्न जोड दिदै यस समस्यालाई समाधान गर्नका लागि यथाशीघ्र संयुक्त राष्ट्रसंघबाट पहल गरियोस् भनि संबद्ध पक्षहरुको ध्यानाकर्षण गर्न चाहन्छौं । पेशागत महासंघले जारी प्रेस बिज्ञप्तिमा भनिएको छ।