पुस २१ नेपाल ।
भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोगको आज २०८२ पुस २१ गते सोमबार बसेको बैठकले पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपि ओलिलाई बिदेश भ्रमण गर्न रोक लगाउने निर्णय फुकुवा गरेको छ।
भाद्र २३ र २४ गतेका घटनाहरुको छानविन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेका तत्कालीन प्रधानमन्त्री श्री के पी शर्मा ओलीलाई विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न मिति २०८२ असोज १२ को बैठकबाट निर्णय गरिएको थियो।
ती घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उहाँले गरेका कामकारबाही सम्बन्धमा आयोगबाट केपि ओलि संग सोधपूछ लगायत बुझ्ने कार्य सम्पन्न गरेकाले विदेश भ्रमण र उपत्यका छाड्न नपाउने निर्णयको औचित्य समाप्त भएको आयोगले आज प्रेस बिज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।
