पुस १९ नेपाल ।

आज मिति २०८१ पुस १९ गते, नारायणी अनलाइन लगायत अन्य अनलाइन सञ्चार माध्यमहरुमा प्रकाशन गरिएको रवि लामिछानेको सचिवालयबाट चितवन क्षेत्र नं २ अन्तर्गत सञ्चालनमा ल्याइएको ब्लुबस सेवा बन्द भएको भन्ने विषयमा प्रकाशित समाचारप्रति राष्ट्रिय स्वतन्त्र पार्टी चितवनको गम्भीर ध्यानाकर्षण भएको रास्वपा चितवनले जनाएको छ ।

रास्वपा सभापति प्रतिनिधि सभा निर्वाचन २०७९ मा अत्याधिक मत ल्याएर निर्वाचित भए संगै विशेष गरी महिलाहरूका लागि सञ्चालनमा ल्याइएको ब्लुबस केही दिनदेखी मर्मत सम्भारको लागि राखिएको थियो र अब एक दुई दिनमा नै मर्मत पश्चात पुनः सञ्चालनमा ल्याइने रास्वपा चितवनले प्रेस बिज्ञप्ति जारी गरेर जानकारी गराएको छ ।

बिना तथ्य र जानकारी वेगर यस्ता भ्रामक समाचारहरुको प्रकाशन तथा प्रसारण नगरीदिनुहुन र आम जनमानसमा भ्रमको सिर्जना नगरिदिनुहुन साथै पत्रकारको निष्ठा र पत्रकारिताको धर्म पनि निभाइदिनु हुन सम्बन्धित सवैमा रास्वपाले प्रेस बिज्ञप्ति जारी गरेर आग्रह गरेको छ ।