पुस १८ नेपाल

वैदेशिक रोजगारीमा जानको लागि भिसा आवेदनमा पेस गरेको प्रहरी चारित्रिक प्रमाणपत्रमा कन्सुलर सेवा विभागको स्ट्याम्प नक्कल गरि प्रमाणीकरण गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरि काठमाडौं जिल्ला अदालतबाट लिखत सम्बन्धी कसुरमा सात दिन म्याद थप लिई अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा जिल्ला बाजुरा, बुढीगंगा नगरपालिका ५ घर भइ जिल्ला काठमाडौँ, कीर्तिपुर नगरपालिका ६ डेरा गरी बस्ने वर्ष ३३ को पृथ्वी बहादुर थापा र जिल्ला पाल्पा, रिब्दीकोट गाउँपालिका ८ घर भइ जिल्ला काठमाडौं, कीर्तिपुर नगरपालिका ९ स्थितमा मोनालिसा डिजिटल फोटो स्टुडियोका सञ्चालक वर्ष ३७ को सन्तोष पौडेल रहेको काठमाडौं जिल्ला प्रहरीले प्रेस बिज्ञप्ति जारी गरेर खुलाएको छ ।