पुस १८ नेपाल ।

नागरिक बचाउ अभियानले सरकारसँगको वार्ता आइतबारका लागि सारिएको जानकारी दिएको छ। आइतबार दुई पक्षबीच हस्ताक्षर गरी सोमबार मन्त्रिपरिषद्बाट पारित गरेर मागहरू सम्बोधन गरिने आश्वासन हिजो बसेको वार्ताबाट प्राप्त भएको जनाएको छ। हिजोको निर्णयअनुसार सरकारले सोमबारसम्म मागहरू सम्बोधन नगरेमा नागरिक बचाउ अभियान बाध्य भएर विद्रोहमा जानेछ नागरिक बचाउ अभियानको सचिवालयले जनाएको छ।