पुस १७ नेपाल ।
भोजपुरको रामप्रसादराई गाउँपालिकाको आ.व.२०८२/०८३ को दोस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण तथा जेष्ठ नागरिक प्रति हाम्रो दायित्व कार्यक्रम अन्तर्गत ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण वडा कार्यालयहरुमा शिविरमार्फत गर्ने भएको छ।कार्यलयले आवश्यक कागजातहरु सहित उपस्थित भई भत्ता तथा न्यानो कपडा (ज्याकेट) बुझिलिनका लागि सूचना प्रकाशित गरेको छ ।
२०८२ पुष २१ गते बिहान ८ बजेदेखि २ बजेसम्म वडा कार्यालय भवन, दलगाउँ, २०८२ पुष २२ गते बिहान ८ बजेदेखि २ बजेसम्म वडा कार्यालय भवन भुल्के, २०८२ पुष २३ गते
बिहान ८ बजेदेखि २ बजेसम्म वडा कार्यालय भवन ओख्रे, २०८२ पुष २४ गते बिहान ८ बजेदेखि २ बजेसम्म वडा कार्यालय भवन धोद्लेखानी, २०८२ पुष २५ गते बिहान १० बजेदेखि २ बजेसम्म वडा कार्यालय भवन, मानेभञ्जयाङ्ग, २०८२ पुष २८ गते बिहान ८ बजेदेखि २ बजेसम्म वडा कार्यालय भवन खोक्सिक, २०८२ पुष २९ गते बिहान ८ बजेदेखि २ बजेसम्म वडा कार्यालय भवन बासिखोरा।
आवश्यक कागजातहरु :-
१. नेपाली नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्र २. भत्ता बुझ्ने परिचयपत्र ३. संरक्षकको हकमा संरक्षकको नागरिकताको प्रमाणपत्र

