पुस १७ नेपाल।

आनशनरत डा. निकोलस भुसाल र हरिश विष्टको जीवन रक्षा गर भन्दै राष्ट्रिय मानव अधिकार आयोगले प्रेस बिज्ञप्ति जारी गरेको छ। मानव अधिकार आयोग द्वारा आज जारी प्रेस बिज्ञप्तिमा भनिएको छ-

´भ्रष्टाचारको छानविन र कारवाही गर्नुपर्ने लगायतका विभिन्न मागहरु राखी विगत १० दिनदेखि काठमाडौंको माइतिघरमा आमरण अनशनमा रहेका डा. निकोलस भुसाल र हरिश विष्टको स्वास्थ्य कमजोर बन्दै गएको अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ` ।

´यस सम्बन्धमा आयोगले निरन्तर अनुगमन गरिरहेको छ । आयोगले गरेको पछिल्लो अनुगमनको क्रममा भुसाल र विष्टको स्वास्थ्य अवस्था गम्भिर रहेको, भुसालको रक्तचाप निकै कम रहेको र रगतमा चिनीको मात्रा समेत घटेको पाइएको छ` ।

अत : ´निजहरुको प्रभावकारी स्वास्थ्य उपचारका लागि पहल गर्दै वार्ताको माध्यमबाट अनसनरत व्यक्तिहरूको माग सम्बन्धमा निष्कर्षमा पुग्न, पुऱ्याउन र उनीहरूको जीवन रक्षा गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ` । राष्ट्रिय मानव अधिकारका सहाय प्रवक्ता:श्यामबाबू काफ्ले द्वारा हस्ताक्षर भैई जारी भएको प्रेस बिज्ञप्तिमा उल्लेख रहेको छ।