पुस १६ नेपाल ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, भौगोलिक विविधतायुक्त, सहभागितामूलक समावेशी, धर्मनिरपेक्ष, समाजवादउन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो। विविधतामा एकता नेपालको राष्ट्रिय विशेषता हो। नेपालको स्वाधिनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, लोकतन्त्र, शान्ति र अग्रगमनका पक्षमा इतिहासका विभिन्न कालखण्डमा भाएका जनआन्दोलन, जनयुद्ध, चारु आन्दोलन, मधेस विद्रोहलगायतका विभिन्न समुदायले गरेका आन्दोलनका उपलब्धिहरूको रक्षा तथा ‘जेनजी’ नामबाट भएको नवयुवा र युवा आन्दोलनपछि विकसित नयां राजनीतिक परिस्थितिलाई ध्यान दिदै बप उपलब्धि प्राप्तिका लागि मङ्गर्यरत अग्रगामी परिवर्तनका पक्षधर सम्पूर्ण राजनीतिक पार्टी, शक्ति र व्यक्तिहरू एकतावद्ध हुन आवश्यक छ। यस उद्देश्य प्राप्तिका लागि नेपालको कम्युनिष्ट तथा समाजवादी आन्दोलनका विभिन्न धारहरू एकताबद्ध भई बतेको नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच एकीकरण गर्न निम्नानुसारको सहमति भएको छ ।

१ बिगतमा पाटी र राज्यका विभिन्न निकायहरूमा जिम्मेवारी वहन गर्दा भए गरेका सबल र दुर्बल पक्षहरूको वस्तुनिष्ठ समीक्षा गर्दै कमी कमजोरीहरू सच्याउने र सङ्घीयता, सुशासन, समृद्धि र सामाजिक न्यायको माध्यमवाट समाजवादको दिशामा अगाडि बढ्ने ।

२. मुलुकको सार्वभौमिकता, स्वाधीनता र भूअखण्डताको रक्षा गर्दै पहिचान र अधिकारसहितको सष्ट्रीय समाजवादी गणतन्त्र प्राप्तिकी रणनीतिक लक्ष्य प्राप्तिका लागि सडक, सदन र सरकार तीनवटै क्षेत्रवाट सङ्घर्षरत रहने ।

३ समाजबादका लागि नेपालको मौलिक वाटोको रूपमा सङ्गीय शासन प्रणाली, लोकतान्त्रिक मूल्य मान्यता, वर्गीय, जातीय, जेवीवर लिङ्गीय विभेदको अन्त्य तथा समतामूलक, न्यायपूर्ण र विभेदरहित समाज निर्माण गर्ने कामको पहलकदमी र नेतृत्व गर्दै नेपाली विशेषताको समाजवादलाई पार्टीको कार्यक्रमको रूपमा अङ्गिकार गर्ने र त्यसको आधारमा देशको सामाजिक-आर्थिक रूपान्तरणका लागि कटिबद्ध रहने ।

४ पार्टीलाई सामूहिक नेतृत्व र समावेशी प्रतिनिधित्व तथा सङ्घीयतालाई आत्मसात गर्दै जनवादी केन्द्रीयताको सङ्गठनात्मक पद्धतिअनुरूप सञ्चालन गर्ने ।

५ नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरणपश्चात् पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी र चुनाव चिन्ह तारा रहने छ। दुवै पार्टीबाट सघ, प्रदेश र स्थानीय तहमा निवांचित जन प्रतिनिधिहरु स्वतः नेपाली कम्युनिष्ट पार्टीको सदस्य हुनेछन्।

६ नागरिक उन्मुक्ति पाटीको सङ्गठनात्मक संरचनामा रहेका केन्द्रीय समितिलगायत साविकका सम्पूर्ण समितिहरू र जनवर्गीय सङ्गठनहरू आपसी सहमतिको आधारमा नेपाली कम्युनिष्ट पार्टीमा समायोजन गर्ने ।

७. नेपालको वर्तमान संविधानको सकारात्मक पक्षहरूको रक्षा र सुद्धीकरण गर्दै शासकीय स्वरूप, निर्वाचन प्रणाली, सङ्घीय संरचनाको सवलिकरणलगायतका विषयमा नवयुवा पुस्ताको समेत भावनाको आधारमा राष्टको सर्वोपरी हितमा सविधान संशोधन र अग्रगामी परिमार्जन गर्न पहल गर्ने ।

८. राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिकरूपले वहिष्करणमा परेका वा पारिएका महिला, थारु, मधेसी, आदिवासी जनजाति, खस, दलित, मुस्लिम, पिछडा वर्ग, अल्पसश्यक समुदाय, विपन्न वर्ग पिछडिएको क्षेत्रलगायतका सीमान्तीकृत वर्ग र समुदायहरूलाई राज्यका सबै अड्ग, तह र निकायमा समानुपातिक समावेशीकरणको प्रत्याभूति गराउने ।

९ देशका श्रमिक वर्ग र उत्पीडित समुदायहरूको एकतामा जोड दिदै समाजबादी क्रान्तिका लागि राष्ट्रिय शक्ति निमर्माणका लागि पहल गर्ने ।

१०. टिकापुर घटनाका सम्बन्धमा कुनैपनी व्यक्तिलाई प्रतिशोधका आधारमा लगाइएका झुट्टा मुद्धाको खारेजी र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने ।

उपयुक्त नीति, सिद्धान्त र विचारमा सहमत सम्पूर्ण राजनीतिक पार्टी, शक्ति र व्यक्तिहरू नेपाली कम्युनिष्ट पार्टीमा एकताबद्ध हुन् हामी हार्दिक अनुरोध गर्दछौ । नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच भएको सहमति-पत्रमा उल्लेख रहेको छ ?