पुस १५ नेपाल ।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को समानुपातिक निर्वाचन प्रणाली तर्फको मतदान प्रयोजनका लागि अस्थायी मतदाना नामावली सङ्कलन कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा निर्वाचन आयोग, नेपालको मिति २०८२ पुस १२ गतेको निर्णय अनुसार स्वीकृत अस्थायी मतदाता नामावली सङ्कलन सम्बन्धी कार्यक्रम कार्यालयको सूचना पाटीमा सम्बन्धित सबैको जानकारीको लागि टाँस गरेको व्यहोरा जिल्ला निर्वाचन कार्यलय नुवाकोटले जनाएको छ ।