पुस १४ नेपाल ।

सर्लाही प्रहरीले मिति २०८२ पुस १३ गते नागरिकता सम्बन्धी कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा प्रतिवादी जिल्ला सर्लाही मलंगवा नगरपालिका वडा नं. ०७ का वडा अध्यक्ष मो. ईशा मिक्रानीलाई जिल्ला प्रशासन कार्यालय सर्लाहीको पत्र जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राम विश्वास राय समेतको संलग्नता रहेकोले निजको हकमा थप अनुसन्धान गर्न भनि जिल्ला सरकारी वकील कार्यालय सर्लाहीको पत्रले प्रतिवादीलाई खोजतलास गरेर सर्लाही जिल्ला मलंगवा नगरपालिका वडा नं. २ स्थितबाट पक्राउ गरि सर्लाही जिल्ला अदालतबाट नागरिकता सम्बन्धी कसूर मुद्दामा दुई दिन म्याद थप भई जि.प्र.का. सर्लाहीबाट थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी सर्लाहीले प्रेस बिज्ञप्ति जारी गरेर जनाएको छ।