पुस १४ नेपाल
संवत् २०८२ साल माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का उम्मेदवारले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ को उपदफा (१), राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ को उपदफा (१) बमोजिम तीन लाख पचास हजार खर्च गर्न सकिने निर्वाचन आयोगले प्रेस बिज्ञप्ती जारी गरेर जनाएको छ ।

