पुस १३ नेपाल ।

सैनिक आवासीय महाविद्यालय मङ्गलगढी सुर्खेतमा कक्षा ६ देखि १२ मा अध्ययनरत विद्यार्थीहरूको नियम अनुसार मासिक शुल्क हरेक महिनाको २० गतेसम्म भुक्तानी गरी सक्नु पर्ने व्यहोरा
सैनिक आवासीय महाविद्यालय मङ्गलगढी सुर्खेतले अवगत गराएको छ ।

पौष महिनासम्मको मासिक शुल्क बुझाउन बाँकी रहेका विद्यार्थीहरूका अभिभावकहरूले पुस महिनाको २० गतेसम्म शुल्क बुझाउनु हुन सैनिक आवासीय महाविद्यालय मङ्गलगढी सुर्खेतले अनुरोध गरेको छ ।

साथै थप जानकारीका लागि महाविद्यालयको फोन नं ०८३-५२१६३० तथा ना.सु. (शुल्क) लक्ष्मी वली (९८४९०४०६५८) र ना.सु. (लेखा) सन्दीप भट्टराई (९८४८२९२७९८) सँग सम्पर्क गरी आवश्यक जानकारी लिन सक्नु हुने छ नेपाली सेनाको सैनिक आवासीय महाविद्यालय मङ्गलगढी सुर्खेतले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ।

विद्यार्थीको मासिक शुल्क जम्मा गर्दा बैङ्ग भौचरमा विद्यार्थीको पूरा नामथर, कक्षा, रोल नं. उल्लेख गरी कुमारी वैङ्क लि. सुर्खेतमा रहेको सैनिक आवासीय महाविद्यालय मासिक शुल्क खाता नं. (०२६००१५५४४७००००१) मा तथा e-sewa बाट रकम भुक्तानी गर्नका लागि Education fee मा click गरी पुनः School fee payment मा click गरी Surkhet Sainik Aawsiya Mahavidyalaya छनोट गरी विद्यार्थीको पूरा नामथर, कक्षा, रोल नं. उल्लेख गरी शुल्क जम्मा गर्न सकिने छ।

साथै कुनै पनि बैङ्गको Mobile Banking र Connect IPS वाट सिधै महाविद्यालयको खातामा शुल्क जम्मा नगर्नुहुन समेत नेपाली सेनाको सैनिक आवासीय महाविद्यालय मङ्गलगढी सुर्खेत द्वारा जारी बिज्ञप्तिमा उल्लेख रहेको छ ।