८ मंसिर, कञ्चनपुर ।

कञ्चनपुरका क्षेत्र नं ३ (२) मा नेपाली कांग्रेसका बेलबहादुर राना विजयी हुनुभएको छ ।

उहाँले नेकपा (एमाले)का उम्मेदवार सुरेन्द्र विष्टलाई पाँच हजार छ सय चार मतले पराजित गर्नुभएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार रानाले १६ हजार एक सय ५२ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका विष्टले १० हजार पाँच सय ४८ मत प्राप्त गर्नुभयो । त्यसैगरी स्वतन्त्र उम्मेदवार भीम कुमालले एक हजार आठ सय २२ मत प्राप्त गर्नुभएको छ ।

सो क्षेत्रमा ३० हजार छ सय ६४ मत खसेको थियो । ती मध्ये एक हजार तीन सय ८३ मत बदर भएको छ ।