पुस ११ नेपाल ।
सेन्ट्रल अफ्रीकन रिपव्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ।
संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि United Nations Multidimensional Integrated Stabilization Mission in the Central African Republic (MINUSCA) मा तैनाथ Light Infantry Battalion (LIB) अन्तर्गत युद्धभैरव गण (शान्ति सेना) तेस्रो डफ्फालाई बदली गर्नको लागि गोरखनाथ गण (शान्ति सेना) चौथो डफ्फाका २२५ जना शान्ति सैनिकहरूको अन्तिम टोली मिति २०८२ पौष १० गते मिसन इलाका प्रस्थान गरेका छन् ।
त्यस्तै, उक्त मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरेका २२४ जना नेपाली शान्ति सैनिकहरू पौष १० गते नै स्वदेश फिर्ता भएका छन् ।
हाल उक्त मिसनमा नेपाली सेनाका ११८८ जना शान्ति सैनिकहरू कार्यरत छन् । नेपाली सेनाले प्रेस बिज्ञप्ति जारी गरेर जनाएको छ।


