पुस १० नेपाल ।
प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ (एघारौं संशोधन २०८१) बमोजिम सम्माननीय प्रधानमन्त्रीको सचिवालयमा विभिन्न पदका कुल ६६ जनाको दरबन्दी कायम रहेको भएपनि अति जरुरी पदमा मात्र नियुक्ति गरी जम्मा २० जनाको मात्र सचिवालय बनाएर मितव्ययी ढङ्गले कामकाज हुँदै आएको प्रधानमन्त्रीको सचिवालयले प्रेस विज्ञप्ति जारी गरेर स्पष्ट पारेको छ।
यसैगरी जेनजी युवा पुस्ता लगायत विभिन्न पक्षबाट उठाइएका प्रश्नलाई लिएर प्रधानमन्त्रीले आफ्नो सचिवालय तथा विज्ञ समूहको आकार घटाउने निर्णय गरेको प्रधानमन्त्रीको कार्यलय द्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ ।
जसअनुसार अब सचिवालयमा मुख्य सल्लाहकार १, जनसम्पर्क सल्लाहकार १, प्रमुख स्वकीय सचिव -१, प्रेस संयोजक -१. स्वकीय शाखा अधिकृत (फोटोग्राफर) १ र जनस्वास्थ्य विज्ञ (अवैतनिक) -१ गरी ६ जना मात्र कायम राखी बाँकी सबै पदको नियुक्ति मिति २०८२ मंसिर ११ गतेदेखि लागू हुनेगरी खारेज गरेको प्रधानमन्त्रीको कार्यलय द्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ। 
