पुस ९ नेपाल।
सैनिक कल्याणकारी कोषको व्ययभारमा सञ्चालित श्री रिपुमर्दिनी पेट्रोल स्टेशन सितापाईला, ईटहरी र खैरेनिटारको लागि आवश्यक पर्ने जनशक्ति अवकाश प्राप्त सैनिक बाट खुल्ला प्रतिस्पर्धाद्वारा करार सेवा पुर्णकालिन र ज्यालादारीमा पदपूर्ति गर्नुपर्ने भएकाले आवश्यक योग्यता पुगेका ईच्छुक अवकाश प्राप्त सैनिकहरुबाट सूचना प्रकाशन भएको मितिले सात दिनभित्र दरखास्त फाराम भर्न सैनिक कल्याणकारी निर्देशनालय, बलाध्यक्ष विभाग, जंगी अड्डाले आह्वान गरेको छ ।

