पुस ९ नेपाल।
भाद्र २३ र २४ गतेका घटनाहरुको छानविन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेका पूर्व गृह सचिव गोकर्णमणी दुवाडी, नेपाल प्रहरीका पूर्व महानिरिक्षक चन्द्रकुवेर खापुङ र काठमाडौं जिल्लाका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको विदेश भ्रमणमा रोक्का लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न मिति २०८२ असोज १२ र मिति २०८२ कात्तिक २७ को बैठकबाट निर्णय गरिएकोमा पूर्व निर्णय उपरको कार्य सम्पन्न भइसकेकोले निजको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गर्ने भनी यस आयोगबाट मिति २०८२ पुस ७मा निर्णय भएको
भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२ को सचिवालयले जनाएको छ।
