पुस ८ नेपाल ।

अपि पावर कम्पनी लिमिटेडको मिति २०८२ पुस ७ गते वसेको संचालक समितिको बैठकको निर्णयानुसार कम्पनीको २२औं वार्षिक साधारण सभा देहायका विषयहरुमा छलफल तथा निर्णय गर्नको लागि मिति २०८२ पुस २९ गते मंगलबार वस्ने भएको छ।

उक्त बार्षिक साधरण सभाबाट कम्पनीको आर्थिक बर्ष २०८१/०८२ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने प्रस्ताव र आर्थिक वर्ष २०८१/०८२ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनश शेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजी रु ६३७.९७ करोडको १ शेयर बराबर ०.३० का दरले हुने रु. १९१.३९ करोड वरावरको हकप्रद शेयर निष्काशन गर्ने र पारित गर्ने सम्बन्धमा छलफल हुने अपि हाइड्रोपावरले जनाएको छ।

२२औं वार्षिक साधारण सभा काठमाडौंको कार्की ब्यङ्क्वेट पार्टी प्यालेस बबरमहल, काठमाडौंमा बिहान ११:०० बजे देखि सुरु हुने कम्पनीले जनाएको छ।