पुस ७ नेपाल।

२०८० कार्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भइ गएको भूकम्पका कारण रुकुम पसलमा चौरजहारी नगरपालिका क्षेत्रभित्रका पूर्ण वा आंशिक रुपमा क्षति भएका निजी आवासको प्रबलीकरण, पुनर्निमार्ण तथा पुनर्स्थापनाका लागि ‘विपद् प्रभावित निजी आवास प्रबलीकरण, पुनर्निर्माण तथा पुनर्स्थापना अनुदान कार्यविधि, २०८१ बमोजिम राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट खटिएको प्राविधिक टोलीले विस्तृत क्षतिको आँकलन गरी प्राप्त प्रतिवेदनका आधारमा स्थानीय विपद् व्यवस्थापन समितिको बैठकबाट लाभग्राही पहिचान भइ जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट लाभग्राही कायम भइ आएका चौरजहारी नगरपालिका विपद् व्यवस्थापन समितिको मिति २०८२ पुस ७ गते बसेको बैठकले कायम भएका लाभग्राहीहरूसँग कार्यविधिको दफा ११ बमोजिम सम्झौता गर्ने निर्णय भएकोले वडाका कायम भएका लाभग्राहीहरूसँग २०८२ पुस ८ गतेदेखि नै आवश्यक तयारी गरी सम्झौता गर्ने व्यवस्था मिलाउनु हुन कार्यलयले अनुरोध गरेको छ ।